काठमाण्डौं : बिबादका कारण शुक्रबार १ बजेका लागि बालाएको कांग्रेस केन्द्रिय समितिको बैठक सुरु हुन सकेको छैन । नेपाली कांग्रेसको लगातारको विवादपछि शुक्रबार बोलाइएको केन्द्रीय समितिको बैठक पौडेल पक्षले बहिष्कार गर्ने भएको छ।
कांग्रेसको विवाद नेपाल विद्यार्थी संघको भागबण्डामा पुगेर अड्किएको छ।
नेपाल विद्यार्थी संघको तदर्थ समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ४६ प्रतिशत हकदाबी गरेको छ। तर, पार्टी संस्थापन पक्षले पौडल समूहलाई ३५ प्रतिशत र अर्का नेता कृष्णप्रसाद सिटौला समूहलाई १५ प्रतिशत छुट्याउन सकिने अडान लिएको छ।
विवाद अन्त्यका लागि संस्थापनबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंह, दिलेन्द्र बडु र हृदयराम थानीबीच बिहीबार साँझ पनि बैठक बसेको थियो। नेता सिंह निवास चाक्सीबारीमा बसेको बैठकमा सहमति हुन सकेन। शुक्रबार १ बजे बोलाएको बैठक अझैसम्म पनि सु्रु भएको छैन ।





प्रतिक्रिया