काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मिति तोकेको हो ।
यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो । केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको छ ।
मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको थियो ।
२६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले बैठक बहिस्कार गरेपछि बसेको यो बैठकमा निर्णय गर्दा पनि वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्।
देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पोडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए ।
बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहरुसँग छलफल गरेका थिए। कार्यसमितिमा बहुमत भएको नाममा वैठकमा निर्णय लाद्ने हो भने जे सुकै गर्नुहोस भनेर पौडेल हिडेका थिए ।





प्रतिक्रिया