देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिना निर्णय सकियो नेकपा सचिवालय बैठक

देशान्तर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निर्णय  सकिएको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको संगठनात्मक अवस्था, राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीबाट सभामुखको उम्मेदवार चयनलगायतका विषय छलफल भए पनि कुनै निर्णय भएन।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव तथा सचिवालय सदस्य विष्णु पौडेलले यी विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए।

‘संगठनात्मक अवस्था, राष्ट्रियसभा निर्वाचन, सभामुख चयनलगायत विषयमा छलफल भयो। समय अभावका कारण निष्कर्षमा पुग्न सकिएन,’ पौडेलले भने।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रदेश नम्बर ३ को राजधानी र नामबारे छलफल भए पनि निर्णय भएको छैन। ‘प्रदेश ३ को नाम र राजधानीबारे छलफल गर्ने एजेन्डा पनि थियो।