देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बलिउड अभिनेत्री सेरावत नेपालमा

देशान्तर

चर्चित बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आइपुगेकी छन्। उनी आइतबार बिहान नेपाल आइपुगेकी हुन्।

सेरावतले नेपाल आइपुगेको कुरा आफ्नै ट्विटर अकान्टमा छोटो भिडियो पोष्ट गर्दै जानकारी गराएकी हुन्।

सेरावतले नयाँ वर्ष २०२० लाई नेपालमै रहेर स्वागत गर्नेछिन्।

सेरावतले केही दिनअघि आफूलाई नेपालको लुम्बिनी क्षेत्र भ्रमण गर्न आतुर रहेको भन्दै ट्विट गरेकी थिइन्।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सेरावत आइतबार नै लुम्बिनीस्थित टाइगर प्यालेस रिसोर्ट भैरहवा पुगेकी छन्।

रिसोर्टले सेरावतलाई न्यानो स्वागत गरेका केही तस्बिरपनि सामाजिक सञ्जालमा अपलोड गरेको छ। जसबाट पुष्टि हुन्छ कि सेरावतले नयाँ वर्षको उल्लासमय समय बुद्धको जन्मस्थल लुम्बिनीमा बिताउने छिन्।
थुप्रै हिन्दी, अंग्रेजी तथा चाइनिज फिल्ममा अभिनय गरेकी सेरावतले मनोरञ्जनको दुनिँयामा ‘हट एण्ड सेक्सी’ नायिकाको रूपमा छबि बनाएकी छन्।