पछिल्लो एक अध्ययनले ह्याकरको नजरमा स्मार्टफोन भन्दा आइफोन रहेको देखाएको छ।
पछिल्लो समय ह्याकिङको समाचार बारम्बार आइरहेको बेला आइफोन अन्य मोबाइल भन्दा बढी असुरक्षीत भएको देखिएको हो।
बेलायतका अनुसन्धानकर्ताले गरेको पछिल्लो अध्ययनले यो अच्चम्मको तथ्य सार्वजनिक गरेका हुन्।
उनीहरुको अध्ययनबाट आइफोन प्रयोगकर्ता स्मार्टफोन प्रयोगकर्ताको तुलनामा १६७ गुणा बढी ह्याकरको टार्गेटमा रहेको देखियो।
यसको मतलव अन्य स्मार्टफोन प्रयोगकर्ताको तुलनामा आइफोन प्रयोगकर्तामाथी ह्याकरको चासो रहेको देखिएको हो। उनीहरु आइफोन ह्याक गर्न बढी सोजिरहेका छन्।
उक्त अध्ययनमा हरेक महिना गुगल सर्च गरिएको आधारमा लिएको तथ्याङकलाई आधार मानिएको थियो।
रिसर्चकाअनुसार बेलायतमा १० हजार ४० आइफोन प्रयोगकर्तालाई ह्याकरले टार्गेट बनाएका भेटियो। जुन अर्को स्मार्टफोन सामसुङ भन्द निकै कम थियो।
ह्याकरले जम्मा ७ सय सामसुङ मोबाइल प्रायोगकर्तालाई टार्गेट बनाएको रिसर्चमा देखिएको छ।
सोही अध्ययनअनुसार ह्याकरले एलजी, नोकिया र सोनी जस्ता स्मार्टफोनलाई भने खासै ह्याक गर्न नचाहेको देखिएको छ। यस्ता स्मार्टफोन भने जम्मा एक सय भन्दा कम पटक ह्याक गर्ने टार्गेट गरेको पाइएको थियो।बेलायतको जम्मा १२ हजार ३ सय १० जनामा यो अध्ययन गरिएको थियो।
त्यहाँ इन्स्टाग्राम, फेसबुक, अमेजोन, नेटफ्रिलक्स आदिको पनि कसरी ह्याक गर्न सकिन्छ भनेर खोजि गर्न भनिएको थियो ।उता आइफोनले भने गत अगस्टमा आइफोन झनै बढी सुरक्षीत बनाएको दाबी गर्दै आएको थियो ।





प्रतिक्रिया