देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिद्धबाबा लाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीको आदेश

देशान्तर

सुनसरी–बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीले आदेश गरेको छ ।

सोमबार सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धरौटीमा छाड्न आदेश दिएको हो ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।