परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।
एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो । तर त्यही बेला काठमाडौंस्थित अमेरिकी दूताबासका अधिकारीले एमसीसी, इण्डो प्यासिफिककै अंग भएको अभिव्यक्ति दिए ।
अब नेकपाले के गर्छ भन्ने प्रश्न उठिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने सम्झौता पास हुने बताए । ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उनले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’
तर अमेरिकी अधिकारीले त एमसीसी, इण्डो प्यासिफिककै अंग भएको बताएका छन् नि भन्ने प्रश्नमा उनले नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्ने बताए ।





प्रतिक्रिया