देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्रमण वर्ष २०२० को अवसरमा आज र भोली सबै सरकारी निकायमा दीपावली गर्न सरकारको निर्देशन

देशान्तर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को अवसरमा आज र भोली सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर जारी गरेको छ ।

सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले आज र भोली दीपावली गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको छ ।

भोलीबाट सुरु हुने भ्रमण वर्षको उद्दघाटन कार्यक्रमलाई लक्षित गरि दिपावली मनाउन सर्कुलर जारी गरिएको मन्त्रालयले जनाएको छ ।