देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हडतालबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराउँछौं : पर्यटनमन्त्री

देशान्तर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् ।

मन्त्री भट्टराईले क्षतिपूर्ति भराउने नीति कार्यान्वयनमा आएको स्मरण गराउँदै विकास र सिर्जनामा लाग्न निर्देशन दिए । अहिलेसम्म कर्मचारीको प्राधिकरण फुटाउन नहुने मतबाट आफू कन्भिन्स नभएको र कन्भिन्स गरे विधेयक रोक्ने मन्त्री भट्टराईले बताए ।