देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपामा पूर्व–पश्चिम छैन : सञ्चारमन्त्री बास्कोटा

देशान्तर

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए ।

कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए ।

बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बास्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।