काठमाडौं । घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गनेृभएको छ
गृहमन्त्री रामबहादुर थापा गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो ।
उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको देखिएपछि घरधनीलाई भाडामा बस्ने व्यक्तिरसंस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय गरिएको जनाइएको छ ।
भाडामा बस्नेबारेको विस्तृत विवरण संकलन गरेर प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने निर्णयमा उल्लेख गरिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।





प्रतिक्रिया