देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विधेयक रोक्न खोज्ने कर्मचारीलाई कारबाही गर्ने पर्यटनमन्त्री भट्टराईको चेतावनी

देशान्तर

काठमाडौं   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयनसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीलाई चेतावनी दिनुभएको छ । नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताउनुभएको हो । कार्यक्रममा कर्मचारीले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने बताउनुभयो । उहाँले आफू छलफल गर्न तयार भएको, तर कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएको भन्दै आन्दोलनबाट विश्वस्त हुन नसक्ने बताउनुभयो ।