काठमाडौं . नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ। मेलमिलाप दिवसको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले ‘एक परिवार दुई पर्यटक’को नारासहित विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु र पार्टीको देशभित्रका सबै तहलाई योगदान गर्न अपिल गर्नुभएको हो ।
त्यस्तै कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टि गरेको जनाएको छ। ’फेसबुक, ट्वीटर र इन्स्टाग्राम बन्द गर्न लागिएको हो?, शर्माले सरकारलाई प्रश्न गर्नुभयो ।
प्रवक्ता शर्माले नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् सरकारले नागरिकको फोन ट्यापिङ गर्न सक्ने अधिकार लिन चाहेको दाबी गर्नुभयो । उहाले सामाजिक सञ्जाललाई नियन्त्रण गरी नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजिएको आरोप पनि लगाउनुभयो ।





प्रतिक्रिया