काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारको चयनको जिम्मा पदाधिकारीलाई दिएको छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहभागी भएको थिएन । पौडेल पक्ष मंसिर २६ गतेपछि निरन्तर केन्द्रीय समिति बैठकमा उपस्थित भएको छैन । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल पक्ष सहभागी भएको थिएन ।
यद्यपि पौडेलपक्षले राष्ट्रियसभा निर्वाचनका लागि केन्द्रीय समितिले लिएको निर्णयमा आफूहरुको सहयोग रहने जनाएको छ । उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेता डा.मिनेन्द्र रिजाल बीचको भएको भेटेर रिजालले बैठकमा सहभागी नहुने तर निर्णयमा सहयोग रहने बताउनुभएको थियो।





प्रतिक्रिया