काठमाण्डौं । सरकारबाट बाहिरिएको समाजवादी पार्टी कांग्रेससँग नजिकिदै गएको छ । राष्ट्रियसभाको चुनावमा कांग्रेस र समाजवादीबीच गठबन्धन हुने भएको छ ।
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेगरि दुवै दल सहमत भएका छन् । कांग्रेसभित्रको विवाद समाधान भएलगत्तै सहमतिलाई औपचारीक गर्ने स्रोतले जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा वाहेक सबै दलसँग तालमेल हुन सक्ने बताए । उनले राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक रहेको बताए ।
काँग्रेसको उम्मेदवार छनौट गर्ने जिम्मा पदाधिकारीलाई दिएपनि पदाधिकरी एक ठाउँमा बस्न सकेका छैनन ।
नेकपा र राजपाले सहकार्य गर्ने निर्णय गरिसकेका छन् ।





प्रतिक्रिया