देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमाली र पहाडी भेगको हवाई सेवा अवरुद्ध, अन्तर्राष्ट्रिय उडान जारी

देशान्तर

काठमाडौं । बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ ।

काठमाडौं विमानस्थलका अनुसार तराईका विमानस्थल र अन्तर्राष्ट्रिय उडान जारी रहे पनि पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको छ

पोखरा(काठमाडौं उडान अहिले रोकिएको छ । सुर्खेत र दाङमा समेत काठमाडौंबाट शुक्रबार जहाज जान सकेन । नेपालगञ्जबाट दुर्गम भेगमा हुने सबै उडान अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालय नेपालगञ्जका प्रमुख प्रेम ठाकुरले जानकारी दिए ।

मुगुमा भारी वर्षातका कारण उडान हुन सकेको छैन । डोल्पा, जुम्ला, हुम्लाजस्ता क्षेत्रमा हिमपातले हवाई सेवा प्रभावित भएको छ ।