देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीबाट सहयोग लिने विषयमा स्वतन्त्र निर्णय लिनुपर्ने चीनको स्पष्टता : यान्की

देशान्तर

नेपालले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय स्वतन्त्र निर्णय लिनुपर्ने चीनले स्पष्ट पारेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज दुतावासमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने स्पष्ट पारिन् ।

उनले कसैको दबावमा भन्दापनि आफ्नो हित अनुकुल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने स्पष्ट पारिन् । पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिइन् ।

पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेकाले आवश्यक कारवाही हुने उनको दावी छ ।