देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमपातका कारण भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध

देशान्तर

बुधबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातका कारण भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका छन् । डडेल्धुरा सदरमुकामसँगै उच्च लेकाली भागमा परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध बनेका हुन्।

राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।अत्याधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ । हिउँदे झरीसँगै जिल्लाको अनारखोली, साहुखर्क, हगुल्टे लेकमा बिहीबार रातीदेखि यो वर्ष दोस्रो पटक हिमपात भएको छ । नारखोली, हगुल्टेलेकसहित साहुखर्कमा एक फिट बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

वर्षा भइरहेकाले आज पनि ती स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् । हिउँदे झरीका साथै हिमपातका कारण जिल्लामा अत्याधिक चिसो बढेको छ । चिसोका कारण डडेल्धुरा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

दशरथ चन्द राजमार्गको अनार खोली र भिमदत्त राजमार्गको साहुखर्क हगुल्टेमा हिमपात भएपछि दुवै राजमार्ग अवरुद्ध वनेका छन् । बाटो सूचारु गर्न प्रयास जारि गरिएता पनि बाक्लो हिमपातका कारण बाटो खोल्न सकिएको छैन ।

भिमदत्त राजमार्गको साहुखर्कमा रहेको हिउ हटाउन डोजर पठाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । चिसोले विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। जिल्लाका विभिन्न विद्यालयमा संचालन भइरहेको अर्धवार्षिक परीक्षा समेत प्रभावित भएको छ । मानिस घरभित्रै आगो तापेर बसिरहेका छन् ।