नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले देउवाको कारण पाटि कमजोर भएको बताएकी छिन ।नेपाली काँग्रेसकी नेतृ कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् ।
प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देउवाले फेरि सभापति बन्न पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् ।
लोभ–लालचले पार्टी कमजोर बन्दै गएको भन्दै उनले व्यक्ति भन्दा पार्टी ठूलो रहेकाले विवाद नमिले आउने चुनावमा काँग्रेस जिरो बन्ने तर्क गरिन् ।
कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।
नेतृ कोइरालाले सरकारले जनचाहना विपरितका काम गरेको भन्दै सच्चिन आग्रह गरिन् ।





प्रतिक्रिया