देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुस २५ भित्र उखु किसानको भुक्तानी गर्न कनोडियालाई कांग्रेसको निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले महालक्ष्मी सुगर मिलका सन्चालक वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न निर्देशन दिएको छ ।

प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्यसमेत रहेका उनलाई यही पुस २५ गतेभित्र किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिइएको हो ।

कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य बनेका कनोडियालाई सो मितिभित्र किसानको रकम भुक्तानी गरेर त्यसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउन भनिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शमाले आज दिउँसो ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् ।