देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ला लिगा: गेटाफेमाथि रियल मड्रिडको सहज जित

देशान्तर

काठमाडौँ । स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि सहज जित निकालेको छ। घरेलु टोली गेटाफेलाई ३–० ले हराउँदै पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले जितको खडेरी तोडेको हो।

रियलको जितमा रायफल भरानेले र लुका मोड्रिचले गोल गरे। खेलको ३४ औं मिनेटमा भरानेले प्रहार गरेको बल गोलकिपर डेभिड सोरियाले क्लियर गर्न खोज्दा गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १ गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा २ गोल थप्यो। खेलको ५३ औं मिनेटमा भराने र ९० औं मिनेटमा मोड्रिचले गोल गर्दा मड्रिडले गेटाफेमाथि सहज जित निकालेको हो।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई २–१ ले हराएको छ। एथ्लेटिको र रियल मड्रिड अंकतालिकको शीर्ष ३ भित्र रहेका छन्।