काठमाडौँ । आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र साेमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।
अहिले काठमाण्डाैसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताए । साेमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।
नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उनले बताए । तर प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उनले जानकारी दिए ।
आइतबार बिहान काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकाे छ । केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।





प्रतिक्रिया