देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा कांग्रेस(समाजवादी गठबन्धनका ४ जनाको उम्मेदवारी मनोनयन दर्ता गराएका छन्

देशान्तर

 

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा कांग्रेस(समाजवादी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन गराउनेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार रहेका छन् भने समाजवादीबाट रामप्रित पासवान र अनिरुद्रसिंहप्रसाद सिंह यादव रहेका छन् ।

गठबन्धनका चारै जनाले निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाममा उम्मेदवारी मनोनयन गराएका हुन् ।

प्रदेश २ बाट राष्ट्रिय सभाका लागि कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति बनेको थियो ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश(२ बाट सत्तारूढ दल नेकपा र मधेशकेन्द्रित दल राजपाका उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् ।