देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ । सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आइतबार काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ ।

पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको भन्दै आन्दोलनलाई सशक्त बनाउने भन्ने विषयमा बैठकमा गम्भिर छलफल भएको बताए । यसैगरी पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई सशक्त बनाइने बताए ।