देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा निर्वाचन , प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी

देशान्तर

 

दाङ : राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश(५ बाट नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चार राजनीतिक दलका तर्फबाट ९ जना नेताले उम्मेदवारी दर्ता गराएका हुन्। प्रदेश ५ को दाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गोपाल भट्टराई (रुपन्देही), विमला घिमिरे (कपिलवस्तु) र जगप्रसाद शर्मा (दाङ)ले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराई अन्य समुदाय, घिमिरे महिला र शर्मा अपांग कोटाबाट उम्मेदवार बनेका हुन्। यस्तै, नेपाली कांग्रेसबाट गिरिजा देवी न्यौपाने (दाङ), बालकृष्ण पाण्डे (अर्घाखाँची) र मेराज अहमद हलवाई (बाँके) उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसका तर्फबाट न्यौपाने महिला, पाण्डे अन्य र हलवाई अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका हुन्। निर्वाचन अधिकृत तथा दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाका अनुसार समाजबादी पार्टीका तर्फबाट अल्पसंख्यक कोटामा बाँकेबाट सुनिल सिंघल र कृष्णप्रसाद यादव बर्दियाबाट अन्यबाट उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, राष्ट्रिय जनमोर्चाका तर्फबाट अन्य समुदायको तर्फबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराए। निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्ताको बाक्लो सहभागितामा उम्मेदवारले नाम दर्ता गराएका हुन्।