देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं ।  माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश २ मा पनि दलहरुले तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ मा सत्तारुढ दल नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल राजपासँग र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समाजवादी पार्टीसँग तालमेल गरी संयुक्त उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनुषामा ¥यालीसहित पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशबाट पाँचजनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रिक्त हुने अन्य र महिलातर्फको सांसदका लागि उम्मेदवारी दिएका हुन् । प्रदेश ५ मा पनि उम्मेदवारी दर्ता भएको छ । दाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र काँग्रेसका उम्मेदवारले समर्थक र प्रस्तावक सहित आज मनोनयन दर्ता गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा पनि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।