देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गिजर प्रयोग गरेर नुहाउँदा ललितपुरमा १९ वर्षीया युवतीको मृत्यु

देशान्तर

काठमाडौँ । बाथरुममा गिजर प्रयोग गरी नुहाउने क्रममा ललितपुरमा एक युवतीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१५ मा सञ्चालित सरिबा गल्र्स होस्टलमा बस्दै आएकी वीरगञ्जकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

कसमस कलेजमा अध्ययनरत उनी इन्जिनिररिङकी विद्यार्थी हुन्। चौहान शनिबार १०ः३० बजेतिर नुहानउ बाथरुम छिरेकी थिइन्। तर १२ः३० हुँदासम्म बाहिर ननिस्किएपछि भान्सामा काम गर्ने महिलाले होस्टल सञ्चालकलाई जानकारी गराएका थिए।

झ्याल फोडेर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। गिजरको प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा दुर्घटना भएको प्रहरीको ठम्याइ छ।