देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी नेतृत्व अनुदार र असहिष्णु भयो; जिल्ला सभापतिहरुको आरोप

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व अनुदार र असहिष्णु भएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको सभापति देउवाइतर समूहका जिल्ला सभापतिहरुको भेलाले चार बुँदे ध्यानाकर्षण पत्र पेश गर्दै पार्टी नेतृत्व विधि र विधान भन्दा पनि बहुमतको आडमा अगाडी बढेको आरोप लगाएका छन् ।

पत्रमा काँग्रेसको गत बर्ष भएको महासमिति बैठक पश्चात बसेका केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

त्यस्तै महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णय पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ ।