देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनकपुरधामको सिता चोकमा शंकास्पद बस्तु फेलाँ

देशान्तर

जनकपुरधाम उपमहानगरपालिका–१ सिता चोकमा शंकास्पद बस्तु फेला परेको छ। मासु बेच्ने पसल अगाडी फेला परेको शंकास्पद बस्तु बम रहेको प्रहरीले आशंका गरेको हो। घठनास्थलमा सुरक्षाकर्मीले घेरा हालेर शंकास्पद बस्तु नजिक सर्वसधारणलाई जान रोक लगाएका छन्। आज विहान करिब ८ बजे स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोली उक्त शंकास्पद बस्तु पहिचान गर्न आइपुगेका छन्। अहिले घटनास्थलमा ठूलो भिड लागेको छ। यसअघि पनि धनुषामा पटक पटक शंकास्पद बस्तु फेला परेपनि नक्कली बम रहेको सेनाले पुष्टि गरेको थियो।