देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबबिच खेल हुदै

देशान्तर

शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार पाँचौ चरणको एकमात्र खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।

चौथो चरणसम्म दुवै टोली जितविहीन छन् । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन् । हिमालयनले ४ खेलमा दुई खेल बराबरी गर्दा दुई खेलमा हार बेहोरेको थियो । उता फ्रेण्सले शुरुवाती तीन खेलमा लगातार हार बेहोरेको थियो भने पछिल्लो खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई बराबरीमा रोकेको थियो ।

भारतीय खेलाडी उत्तम राईको आगमनपछि फ्रेण्ड्सले मनाङविरुद्ध १(१ को बराबरी खेलेको थियो । उनै उत्तमले मनाङविरुद्ध गोल गरेका थिए ।

चार खेलबाट २ अंक जोडेको हिमालयन शेर्पा १२ औं स्थानमा छ । समान खेलबाट फ्रेण्ड्सको १ अंकमात्र छ र १३औं स्थानमा छ ।