काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको सोमबारबाट सुरु भएको भेला आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेदेखि सुरुहुने जिल्ला सभापतिहरुको छलफलले सस्थापन पक्षलाई दिने दवावका विषयमा थप निर्णयहरु गर्नेछ ।
पार्टीको महाधिबेशन जस्तो विषयमा सहमति नगरी पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गरेपछि असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै बहुमतबाट भएका सवै निर्णय फिर्ता हुनेपर्ने माग राख्दै आएको छ ।
असन्तुष्ट पक्षका मागलाई सभापति देउवाले सम्बोधन गर्ने छाँट नदेखाएपछि असन्तुष्ट पक्षले दवाव मुलक रणनीति तयार गर्न आफूनिकटका जिल्ला सभापतिहरुको दुई दिने भेला बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा ४३ जना जिल्ला सभापतिहरु सहभागी छन् । भेला केन्द्रीय कार्यसमितिमा भएको एकलौटी निर्णय र आगामी दिनमा चालिने कदमका बारेमा केन्द्रित रहेको छ । जिल्ला सभापति परामर्श बैठक निएको भेलामा वरिष्ठ नेता राचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीमा देखिएको पछिल्लो विवादबारे ब्रिफिङ गर्नुभएको थियो ।
नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिह केसीका अनुसार केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा विधान विपरीत केही धाराहरु निलम्बन गरेको छ । विधानमा व्यवस्था भएका २८ वटा विभागहरु बढाएर ४७ विभाग बनाउने निर्णय गर्नु पनि विधान विपरित छ ।
अधिवेशनलाई प्रभवित पार्ने गरी विभाग गठन गर्ने काम गर्दा पार्टीको १४ औं महाधिवेशनको निष्पक्षतासँग शंका उत्पन्न भएकाले ति सवै निर्णयहरु फिर्ताका लागि दववाद सिर्जना गर्न जिल्ला सभापतिहरुको भेला डाकिएको कसीले जानकारी दिनुभयो ।





प्रतिक्रिया