देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय साँखुका नायव सुब्बा पक्राउ

देशान्तर

काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल २ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

लेखापढी ब्यवसायी श्रीराम सापकोटा सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा कुइँकेलसहित सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।