देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पौडेल पक्षधर जिल्ला सभापतिको भेलामा कृष्ण सिटौला र संशाक पनि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका जिल्ला सभापतिहरुको भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री शंशाक कोइराला पनि सहभागी भएका छन्। सानेपास्थित पार्टी कार्यालयमा जारी भेलाको दोस्रो दिन सिटौला र कोइराला सहभागी भएका हुन्।

भेलामा बोल्दै सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टी संस्थागत हिसाबमा चल्‍न नसकेको आरोप लगाए। संसदमा समेत बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ। भेलामा ४३ जिल्लाका कांग्रेस सभापतिहरु सहभागी भएका छन्।

देउवाले एकलौटी ढंगले पार्टीलाई पेलेर लैजान खोजेको भन्‍दै पौडेल पक्षधर जिल्ला सभापतिहरु पार्टीको केन्द्रीय कार्यालयमा जम्मा भएका हुन्। बैठक मंगलबार पनि सकिने सम्भावना कम रहेको काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँले जानकारी दिए।

उनका अनुसार जिल्ला सभापतिहरुले देउवाले गरेका एक्लौटी निर्णयहरु पार्टीमा बहुमतका आधारमा अस्वीकृत गर्न सुझाव दिएका छन्।