अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको यज्ञभूमि इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले १५ हजार भ्रष्टाचार गरेको अभियोगमा प्रहरी नायब निरीक्षक कालिचरण पंजियारविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।
उनले सवारी दुर्घटनामा क्षतिपूर्ति दिएबापत घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगले अनुसन्धान थालेको थियो। सोही अनुसन्धानमा बर्दिबासको टोलीले सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगले उनीविरूद्ध बिगो रकम कायम गरी कैद सजायको माग समेत गरेको छ।





प्रतिक्रिया