देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाम आयल निर्यातका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने कांग्रेसकाे माग

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले प्रशोधित पाम आयल निर्यातका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने माग गरेको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर पाम आयल भारत निर्यात नहुने अवस्था सिर्जना भएकोले यसबाट नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी संकटमा पर्ने भन्दै सरकारसँग सहज वातावरणका लागि पहल गर्न आग्रह गरेका हुन्।

भारतले हालै पाम आयल आयात रोकेको थियो। ‘पाम आयल खेर जाने, उद्योगीका लगानी जोखिममा पर्ने र श्रमिक तथा कर्मचारीको रोजगारीमा संकट उत्पन्न हुने अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ खाँणले भनेका छन्।

पाम आयल निर्यात हुँदा राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुगेको कांग्रेसको भनाइ छ। ‘सरकारले कुटनीतिक पहल गरी पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेका छन्।