देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक आज बस्दै

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ वजे बस्दैछ । सचिवालय बैठकले सभामुख छान्ने जिम्मा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाललाई दिएपनि आ–आफ्नै अडानमा कायम रहेपछि पुनः सचिवालयमै छलफल हुन लागेको हो । नेकपामा सभामुख चयन प्रक्रियालाई लिएर दुई अध्यक्षबीच तीव्र ध्रुवीकरण भएको छ । प्रधानमन्त्री ओली संसदीय दलका उपनेता सुभास नेम्वाङलाई सभामुख बनाउने पक्षमा हुनुहुन्छ भने दाहालले देव गुरुङ वा अग्नि सापकोटा मध्ये १ लाई अघि सार्नुभएको छ । दुईको आ– आफ्नै अडानको प्रभाव पार्टी संञ्चालनमा समेत परेको छ । यो बीचमा उपसभामुख शिवमाया तुम्वाहाम्फेले समेत आफ्नो दावी कायमै राख्नुभएको छ । प्रतिनीधिसभामा उपसभामुखले राजिनामा नदिएसम्म सभामुख चयन प्रक्रिया शुरु नहुने भएपछि सत्तारुढ दललाई थप सकस भएको छ ।

यसैबच, नेकपा ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ । भोली दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर भोलीका लागि सारिएको छ ।