देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मौसम पूर्वानुमान : आजबाट फेरि हिउँदे झरी

देशान्तर

काठमाडौँ । भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो ।

पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।

सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ ।यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।  सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ ।