देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्य खराब भएपछि बरिष्ठ नेता पौडेल दिल्ली गए, राजनीतिक भेटघाट पनि हुने

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

नयाँ दिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए।

काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबारमात्रै भेटवार्ता भएको थियो। भेटपछि आज नेता पौडेल नयाँदिल्ली गएका हुन्।