काठमाण्डौं । नेपाल मगर संघले माघे सङ्क्रान्ति पर्वको अवसरमा काठमाडौंको टुँडीखेलमा ‘माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा संघले माघ १ र २ गते टुँडिखेलमा मौलिक सांस्कृतिक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

संघले ‘माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित टुँडिखेलमा आयोजना गरिने सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महोत्सवको उद्घाटन माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाँण हान्ने तथा शुभकामना आदान–प्रदान लगायतका कार्यक्रम रहेको संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा मगर संघले माघेसङ्क्रान्ति चाडमा सार्वजनिक विदा दिन माग समेत गरेको छ ।
संघका अध्यक्ष नवीन रोकामगरले माघे सङ्क्रान्ति पर्वमा दिंदै आएको सार्वजनिक विदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको बताए । उनले माघे सङ्क्रान्तिको अवसरमा चार प्रदेशका सरकारले सार्वजनिक विदा दिएको बताउँदै संघीय सरकारले नै बिदा दिनुपर्ने बताए ।





प्रतिक्रिया