शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको सरकारी लक्ष्य प्राप्त गर्न योग र ध्यान आवश्यक रहेकोमा जोड दिएका छन् । पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा आज मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्राचिन विद्याको रुपमा रहेको योगले तन र मनलाई शान्त बनाउने भएकोले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
व्यक्ति स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भएकाले अनावश्यक चिन्ता र विचारबाट मुक्त भई सकरात्मक सोच,भावना जगाउन योगलाई बढावा दिनु पर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले योग र ध्यानलाई जीवनपद्धति बनाउन पनि सबैसंग आग्रह गरे ।
उनीहरुले नियमित योगबाट रोग लाग्ने जोखिम ६० प्रतिशत न्युनिकरण गर्न सकिने भन्दै यसलाई राष्ट्रिय जीवनको पूर्वाधार बनाउन सुझाव दिएका थिए । यस बर्ष योग दिवसको नारा राष्ट्रिय एकता योगको सान्दर्भिकता रहेको छ ।





प्रतिक्रिया