देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीको भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु, ३१ घाइते 

देशान्तर

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् ।

मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।