देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

देशान्तर

काठमाण्डौ – आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ । पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।

उनका अनुसार गएराति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको छ । बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उनले बताइन । तर लगातार झरीको सम्भावना भने छैन ।

आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने बताइएको छ ।