देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्तमान कम्युनिस्ट सरकारले जनताको अधिकार खोस्यो : सभापति देउवा

देशान्तर

 

ललितपुर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले जनताको अधिकार खोसेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कम्युनिस्ट सरकारले जनताका अधिकार कुण्ठित गरेको भन्दै यस्तो आरोप लगाएका छन्।

बुधबार ललितपुर किक बक्सिङ संघले गरेको गणेशमान सिंह स्मृति तेस्रो खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘जुन उद्देश्यका साथ लडेर प्रजातन्त्र ल्यायौँ ती अधिकार कम्युनिस्ट सरकारले खोस्दै गएको छ’, उनले भने, ‘यो त प्रजातन्त्रकै अवमूल्यन भयो।’

उनले सरकार जनताको स्वतन्त्रताको हक खोस्न आगि परेकोसमेत आरोप लगाए। ‘सरकारले जनताको स्वतन्त्रताको हक खोसेको छ’, उनले भने, ‘जनताका अत्यन्त गोपनीय कुराहरु ट्यापिङ गर्न खोज्नु, बोल्न तथा लेख्न पाउने अधिकारलाई कुण्ठित गर्नु अप्रजातान्त्रिक हो।’

सरकारले जनतालाई दुःख दिने विधेयक ल्याएको आरोपसमेत उनको छ। दुःख गरेर ल्याएको प्रजातन्त्रको सरकारले अवमुल्यन गरेको भन्दै उनले सबैलाई आआफ्नो ठाउँबाट लड्न सुझाएव दिए।