काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो (बिहीबार)देखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा त बिहीबार रातभर वर्षा भएको छ। अहिले (शुक्रबार बिहान)सम्म वर्षा जारी नै छ।
यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपता भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९शुक्रबार० पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ।
महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ स् पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।
मध्य र पूर्वी क्षेत्रमा आज दिनभर वर्षा हुने:
आज पनि दिनभर देशभरजसो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।
महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेकाले आज पश्चिम क्षेत्रमा दिउँसोदेखि वर्षा कम हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा दिनभर वर्षा हुने सम्भावना छ।
महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ।
शुक्रबार बिहान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै लेखेको छ स् ‘देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।





प्रतिक्रिया