देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई बच्चासहित एक दम्पतिले त्रिशुलीमा हामफाले, महिलाको शव भेटियो

देशान्तर

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउपालिका–१ स्थित झोलुङ्गे पुलबाट बिहीबार (हिजो)साँझ दुई बच्चासहित दम्पती त्रिशुली नदीमा हाम फालेका छन्। प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा बेपत्ता भएका छन्। पुरुष भने सकुशल रहेको जनाइएको छ।

६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमती नदीमा हाम फालेका हुन्।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ। इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी खगेन्द्र खड्काले उद्धार गरिएका विनयको उपचार भइरहेको र बेपत्ताको खोजी भइरहेको जानकारि दिए ।

नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको डीएसपी खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।