काठमाडौँ – सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन बालुवाटारमा छलफल सुरु भएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे नेताहरुबीच छलफल भइरहेको हो ।
छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सहभागी छन् ।
यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा सहित नेताहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेताहरुबीच यी आयोग र समसामयिक विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गहन छलफल भएको छ ।





प्रतिक्रिया