देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले ७७ वटै जिल्लाबाट सूचना प्रविधि विधेयकविरुद्ध सरकारलाई विराेधपत्र बुझाउने

देशान्तर

काठमाठाै‌ं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक फिर्ता गर्न दबाब दिने उद्देश्यले ७७ वटै जिल्लाबाट सरकारलाई विराेधपत्र बुझाउने भएकाे छ।

जिल्ला पार्टीकाे नेतृत्वमा सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार विधेयक फिर्ताकाे माग गर्दै विराेध पत्र बुझाउन लागिएकाे कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  गत पुस १७ गतेकाे केन्द्रीय समितिकाे बैठकले पुस २८ गते नै जिल्ला प्रशासन कार्यालयमार्फत विराेध पत्र बुझाउने निर्णय गरेकाे थियाे।

तर, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र कृष्ण प्रसाद सिटाैलाले जिल्ला सभापति भेला आह्वान गरेपछि कार्यक्रम माघ ५ गतेलाई सरेकाे हाे।