काठमाण्डाै । देशभरीकै मौसम अब बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
तर शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उनले बताइन् । उनका अनुसार शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ । अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।
काठमाण्डाै आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद् कँडेलको अनुमान छ । गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया