देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्य निरुपण र बेपत्ता आयोगमा नेकपातर्फबाट ३ र कांग्रेसतर्फबाट २ जनाको नाम सिफारिस

देशान्तर

सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका लागि नामहरु सिफारिस गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दुई दलका शीर्ष नेताको बैठकमा सिफारिस समितिले दिएअनुसारकै नाम नियुक्तिका लागि पठाउने सहमति भएको छ।

दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न गठित पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिले सत्य निरुपण आयोगको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरेको छ। यस्तै बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवम् कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापा सिफारिस भएको बैठकमा सहभागी सिफारिस समितिका सदस्य तथा नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए।

नेकपा र कांग्रेसबीच सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेकपा तर्फका तीन र कांग्रेस तर्फका दुईजना र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा कांग्रेस तर्फका तीन र नेकपा तर्फका दुई पदाधिकारी रहने सहमति भएको थियो।