देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवा पलायनको कारण लाहुरे संस्कृति: मुख्यमन्त्री पोखरेल

देशान्तर

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेकाले युवाहरुमा समस्या देखिएको बताएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले युवा पलायनको कारण लाहुरे संस्कृति भएको बताए । उनले भने, “हामीले हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौँ, तर स्वदेशमै त्यो भन्दा महत्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, हामी उपेक्षा गर्छौँ ।”
मुख्यमन्त्री पोखरेलले राष्ट्रलाई सबल बनाउन स्वदेशमा उद्यमशील बन्नुपर्ने बताए । उनले समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न आग्रह गरे ।

समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने मुख्यमन्त्री पोखरेलले बताए । उनले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताए । परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेको समेत बताए ।